माओवादी द्धन्द्ध् संसदीय समितिमा

काठमाडौं असोज १ । माओवादी पार्टीभित्रको आन्तरिक कलह संसदीय समितिमा पनि देखिएको छ । संसद्को राज्य व्यवस्था समितिले विभिन्न शीर्षकमा गठन गर्न लागेको उपसमितिमा संस्थापन पक्षका मात्र नेताहरुको वाहुल्य भएपछि वैद्य पक्षधरका नेताहरुले नोट अफ डिसेन्ट लेख्ने चेतावनी दिएपछि समितिको वैठक समेत निश्कर्षविहिन भएको छ । समितिले सेनाका पुराना हतियार बिक्रीसहित अन्य चार उपसमिति गठन गर्ने यसअघिको निर्णय विवादित बनेपछि आजपनि उपसमिति गठन हुन सकेन । िसंहदरवारमा सोमवार बसेको बैठकमा यसअघि पुरातात्विक हतियार विक्री सहितका अन्य चार उपसमिति गठन गर्ने निर्णय अनुसार सचिवालयले संयोजकको नाम समेत प्रस्ताव गरेको भएपनि हचुवाका भरमा नाम सिफारिस भएको भन्दै सभासद्हरुले आपत्ति जनाएपछि उपसमिति बन्न नसकेको हो । सचिवालयले पुरातात्विक हात हतियार अध्ययन सुझाव तयारी उप-समितिका संयोजकमा प्रदीप ज्ञवाली ट्राफिक व्यवस्थापन सम्बन्धी तयारी तथा सुझाव उपसमितिमा अर्जुनप्रसाद जोशी मर्यादा क्रमसहित सरकारी सुविधा वितरण तथा मापदण्ड उपसमिति संयोजकमा दीनानाथ शर्मा र महिला िहंसा तथा घरेलु िहंसा न्युनीकरण सुझाव उपसमितिमा प्रतिभा राणाको नाम प्रस्ताव गरेको थियो । वैठकमा बहुमत सभासद्हरुले हचुवाका भरमा सचिवालयले नाम सिफारिस गरेको भन्दै पार्टीमा समेत आन्तरिक रुपमा छलफल गरेर नाम सिफारिस हुनुपर्ने माग गरेका थिए । माओवादी सभासद् दीनानाथ शर्माले संसदीय समिति आफैमा स्वायत्त समिति भएकाले आÏनो कार्यविधी अनुसार नाम सिफारिस गर्ने अधिकार भएकाले पार्टीमा छलफल हुनुपर्ने भनेर समितिलाई अवमुल्यन गर्न नहुने धारणा राख्नुभयो । समितिका सभापति रामनाथ ढकालले व्यवस्थापिका संसद्को कार्यसाचालन नियमावली अनुसार पनि उपसमिति चयनमा समिति स्वतन्त्र भएकाले सदस्यलाई निमय भित्र रहेर टिप्पणी र सुझाव दिन आग्रह गर्नुभएको थियो । सभापतिको आग्रहलाई सभासद्हरुले नमानेपछि उपसमिति गठन हुन नसकेको हो । समितिको अर्को बैठक मंगलबार दिउँसो तीन बजे बस्नेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.