काठमाडौं भदौ ३१ । संसद्को सार्वजनिक लेखा समितिले संस्थान सुधार उपसमितिको प्रतिवेदन कार्यान्वयन गरी पन्ध्र पन्ध्र दिनमा समितिलाई प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ । िसंहदरवारमा शनिवार बसेको समितिको बैठकले यसअघि संस्थान सुधारका लागि समितिले गठन गरेको संस्थान सुधार उपसमितिको प्रतिवेदनलाई कार्यान्वयन गरी पन्ध्र-पन्ध्र दिनमा प्रगति विवरण समितिलाई उपलव्ध गराउन मन्त्रिपरिषद्को कार्यालय अर्थ मन्त्रालय र उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो । समितिको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले सरकारले चालू आर्थिक बर्षको बजेटवाट तीनखम्बे अर्थनीति अवलम्वन गरिसकेको अवस्थामा सरकारी संस्थानलाई सकेसम्म सुधार गरेरै अगाडि बढ्ने बताउनु भयो । पुनले सार्वजनिक संस्थानमा संस्थान प्रमुख प्रतिस्पर्धावाट नै नियुक्त गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले कर्मचारी युनियनका कारण पनि कतिपय संस्थान समस्यामा परेको वताउनुभयो । छलफलमा मुख्यसचिव डाक्टर माधवप्रसाद घिमिरेले संस्थान सुधारका लागि यसअघि पनि थुप्रै प्रतिवेदन बनिसकेका भएपनि कार्यान्वयनमा इच्छाशक्ति नदेखाएसम्म सुधार असम्भव रहेको बताउनुभयो । उहाँले संस्थान प्रमुखको योग्यता राजनीतिक दलको कार्यकर्ता रहेसम्म संस्थानको अवस्था सुधार हुन नसक्ने दावी गर्नुभयो । उद्योग सचिव शंकरप्रसाद कोइरालाले सरकार परिवर्तनसंगै संस्थानका विषयमा लिने फरक-फरक निर्णयका कारण साचालनमा अन्योल भएको भन्दै राजनीतिक दलबीच साझा दृष्टिकोण बनाइनुपर्ने बताउनु भयो । छलफलमा सभासद्हरुले संस्थानमा राजनीतिक नियुक्ति अन्त्य गरी सुधारको काम थालनी गर्न सुझाव दिएका थिए ।
Filed under: News









